सडक कालोपत्रे नहुदा स्थानीयको आन्दोलन

सडक कालोपत्रे नहुदा स्थानीयको आन्दोलन

काठमाडौं : काठमाण्डौको चाबहिल(साँखु सडकखण्ड निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय आईतबार फेरि आन्दोलनमा उत्रिएका छन् । सरकारसँग भएको लिखित सहमति अनुसार सडक कालोपत्रे नभएको भन्दै स्थानीयबासिन्दाले प्रदर्शन गरेका हुन् ।

केही समय अगाडी कालोपत्रे गरीएको थियो त्यसमध्ये सानो खण्ड मात्रै कालोपत्रे भएको छ । बाकीँ पुरै सडक कच्ची रहेको साथै लामो समयदेखि धुलो र हिलोको कारण मारमा परेकाले आइतबार पनि सर्वसाधारणले थलीमा टायर बालेर प्रदर्शन गरेका छन् ।

चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर छ । सडक निर्माणका लागि गिट्टी बालुवा सडकको बीच भागमा आईपुग्दा यो खण्डमा सवारी आवागमन पनि प्रभावित हुँदै आएको छ ।

विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउन काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का दिएको थियो ।तर, मुआब्जा विवादका कारण सडक विस्तारको काम केही समय प्रभावित भयो । सरकारले उपलब्ध सडक समयमा नै कालोपत्रे गर्ने निर्णय गरे पनि कामले अझै गति लिएको छैन । सडक विभागको अनुसार पुराना प्रणालीको ढलको समस्याका कारण कालोपत्रे अघि बढाउन समस्या भएको बताउँदै आएको छ ।

त्यसैगरी अहिले विगतमा स्थानीयले सडकका लागि छाडेको क्षेत्र पनि तारबार गर्न थालेकाले समस्या भएको काठमाडौं सडक विस्तार आयोजनाले जनाएको छ । यसअघि पनि स्थानीय बासिन्दाले पटक पटक सडकमा उत्रिएर विरोध प्रर्दशन गर्दै आएका छन् ।