दाङमा ८१ वर्षीय वडा सदस्यको मृत्यु

दाङमा ८१ वर्षीय वडा सदस्यको मृत्यु

दाङ : दाङमा एक जनप्रतिनिधिको मृत्यु भएको छ। दाङ शान्तिनगर गाउँपालिका ४ का वडासदस्य पुनिराम कामीको मृत्यु भएको हो । लामो समयदेखि खुट्टाको बिरामी भएका ८१ वर्षीय कामीको शनिबार बिहान १ बजेतिर मृत्यु भएको हो। उनी तत्कालीन एमालेको तर्फबाट वडासदस्य निर्वाचित भएका थिए।

त्यस्तै, कामी २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट शान्तिनगर गाउँपालिका २ को वडाध्यक्षसमेत भएका थिए। कामीको निधनप्रति शान्तिनगर गाउँपालिकाले दुःख व्यक्त गरेको छ। गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले एक शोक वक्तव्य जारी गरि उनको निधनले समग्र गाउँपालिकालाई नै क्षति भएको बताएका छन्।