सुरुङभित्र पहिरो खस्दा ३ जना मजदुर घाइते

सुरुङभित्र पहिरो खस्दा ३ जना मजदुर घाइते

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिकामा निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको सुरुङ भित्र पहिरो खस्दाँ ३ जना मजदुर घाइते भएका छन्। अरुण तेस्रो परियोजनाको अडिट टु को सुरुङभित्र माथिबाट झरेको ढुङ्गाले लागेर ३ जना मजदुर गम्भीर घाइते भएका हुन् । घाईते हुनेमा मैइजुदिन अली, हस्तम अली र अबुदकर अली भएको संखुवासभा प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एक जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि भारततर्फ लगिएको बताइएको छ भने अन्य दुई जनाको जिल्ला अस्पताल खाँदबारी उपचार भइरहेको छ। स्रोतका अनुसार घाइते मैइजुदिन भारतको आसाम नलबारी , हस्तम भारतको बर्बता जिल्ला र अबुदकर भारत अलिकाद्वार जिल्लाको भएको बताएको छ ।

शुक्रबार राति साढे २ बजे राति एक्कासी सुरुङ माथिबाट खसेको ढुङ्गाले लागेर ३ जना भारतीय मजदुर घाइते भएका थिए। अरुण तेस्रोमा काम गर्ने क्रममा हालसम्म दर्जनौँ मजदुरको मृत्यु हुने भएपनि घटनालाई भित्रभित्रै लुकाइने गरेको पाईएको छ।