१३ औं साग कुस्ती उदघाटनमा आतिसबाजी गरेर छाडिएको पटाका पड्किदा एक बालक गम्भीर घाइते

१३ औं साग कुस्ती उदघाटनमा आतिसबाजी गरेर छाडिएको पटाका पड्किदा एक बालक गम्भीर घाइते

धनुषा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरधामस्थित कभर्ड हल नजिकै भएको पटाका बिष्फोटमा एक बालक गम्भीर घाइते भएका छन् ।

कुस्ती प्रतियोगिताको उदघाटन सत्रमा बाहिर पटाका पड्काएर आतिसबाजी गरीएको र आतिसबाजीका क्रममा पड्किन बाँकी रहेको पटाका पड्काउने क्रममा ती बालक हुन् । घाईते हुनेमा जनकपुरधाम उपमहानगरपालिका १३ निवासी ११ वर्षीय आलोक राउत रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।

उनको दुवै हातका औंला चुँडिएका छन् । गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा प्राथमिक उपचार गरी थप उपचारका लागि धरानतर्फ लगिएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।

उनका अनुसार राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले नै आतिसबाजीको नाममा शुक्रबार पटाकाहरु पड्काएको थियो । राखेपका कर्मचारीकै लापरबाहीका कारण पटाका छुटेको बताउँदै कणेलले घाइतेको उपचारका लागि प्राथमिकतामा राखिने बताएका छन् । ।