दाङमा रोकिराखेको ट्याक्टरसँग मोटरसाईकल ठोक्किँदा एकको मृत्यु

दाङमा रोकिराखेको ट्याक्टरसँग मोटरसाईकल ठोक्किँदा एकको मृत्यु

दाङ : दाङमारोकी राखेको ट्याक्टरसँग मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–८ का १९ वर्षीय रेशम वलीको मृत्यु रहेका छन्।

मोटरसाईकलमा सवार सोही उपमहानगरपालिका–१० का १८ वर्षीय अमृत चौधरी घाईते भएका छन्। तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा २ प ९३५० नम्बरको मोटरसाईकल शुक्रवार साँझ साढे सात बजे घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो।

दुर्घटनामा परि घाइते भएका वलीलाई घोराहीमा प्रारम्भिक उपचार गरी कोहलपुर लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए।