सिद्धबाबालाई थप ७ दिन हिरासतमै राख्न अदालतको आदेश

सिद्धबाबालाई थप ७ दिन हिरासतमै राख्न अदालतको आदेश

विराटनगर : आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतले ७ दिनको म्याद थप गरेको छ ।

अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले म्याद थपको माग गर्दै शुक्रबार उनलाई जिल्ला अदालत उपस्थित गराएपछि अदालतले ७ दिन म्याद थप गरेको हो । यसअघि प्रहरीले ४ दिनको म्याद थप गराइ अनुसन्धान गरेको थियो ।

आफ्नै अनुयायीमाथि बलात्कारको प्रयास गरेको उजुरी परेपछि प्रहरीले उनलाई गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ गरेको थियो ।