चिनियाँ नागरिकको मलद्वारमा भेटियो एक किलो सुन

चिनियाँ नागरिकको मलद्वारमा भेटियो एक किलो सुन

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक चिनियाँ नागरिक एक किलो सुनसहित पक्राउ परेका छन्। विमानस्थल सुरक्षामा खटिएको प्रहरीले शुक्रवार राति ईआई ७९९७८८२ नम्बरको राहदानी भएका २२ वर्षीय सलु तई नाम गरेका चिनियाँ नागरिक लाई नियन्त्रणमा लिइएको हो।

तिब्बत एयरमार्फत चीनबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाक थ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा शंकास्पद बस्तु रहेको मेटल डिडेक्टरले संकेत गरेपछि नियन्त्रणमा लिएको थियो।

तर शरिरमा केही नभेटिएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा लगेर एक्स(रे गर्दा मलद्वारभित्र ४ टुक्रा सुन लुकाइराखेको अवस्थामा फेला परेको थियो। बिहीवार राति मात्र प्रहरीले आठ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।