वीरगञ्जमा दुई समूहबीच झडप, अवस्था तनावग्रस्त

वीरगञ्जमा दुई समूहबीच झडप, अवस्था तनावग्रस्त

पर्सा। हनुमान जयन्तीको दिन वीरगञ्जको छपकैया क्षेत्रमा झडप, केही पसल र मोटरसाइकलमा आगजनी भएको छ।

हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा भक्तिमय वातावरण सिर्जना भइरहेकै बेला छपकैया चौक अगाडि झडप भएको हो ।

झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। हिन्दु धर्मालम्बी र मुस्लिम समुदायका बीचमा यो झडप भएको प्रारम्भिक रूपमा बुझिएको छ।

प्रहरीले स्थिती नियन्त्रणमा ल्याउने प्रयास जारी राखेको छ।