घुस लिएको आरोपमा पक्राउ पर्ने गृहका कर्मचारी बढी

शुक्रबार, ०३ साउन २०७६, १८ : ३७ नागरिक

काठमाडाैं– गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा घुस लिँदालिँदै पक्राउ गरेको कर्मचारीको तथ्याङ्कका आधारमा सो निष्कर्ष निकालिएको हो।

आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सो आवमा गृह प्रशासनतर्फका २७ निकायमा घुस लिएको अभियोगमा कर्मचारीलाई पक्राउ गरेको छ। यस्तै दोस्रोमा सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालय छ। सो मन्त्रालयका २६ कर्मचारी घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ। सो आव अवधिभरी भूमि व्यवस्थाका २२, वन वातावरणका ११, ऊर्जा जलस्रोत तथा सिँचाइका नौ, शिक्षा विज्ञान प्रविधिका आठ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र कानून न्यायका समान सात/सात कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका थिए।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाकाअनुसार अर्थका पाँच, उद्योग वाणिज्य तथा आपूर्तिका चार, कृषि विकासका तीन, स्वास्थ्यका तीन, श्रमका दुई, अख्तियार, शहरी विकास, खानेपानी मन्त्रालयका समान एक/एक कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका थिए। यस्तै अन्य निकायका पाँच कर्मचारीलाई समेत आयोगले घुस लिँदै गर्दा पक्राउ गरेको छ।

प्रवक्ता कोइरालाले भने, 'एक दिन बिराएर एक जना राष्ट्रसेवक घुस लिएको अभियोगमा रङ्गेहात पक्राउ गरिएको छ। कूल १४२ स्थानमा २०० कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरिएको छ।' उनका अनुसार विशिष्ट श्रेणीका दुई, सहसचिव वा सो सरहका दुई, उपसचिव वा सो सरहका १०, शाखा अधिकृत ३२, नायब सुब्बा वा सो सरहका ४७, खरिदार वा सो सरहका २९, तल्ला तहका कर्मचारी १५, कार्यालय सहयोगी १५ पक्राउ परेका छन्। यस्तै निर्वाचित पदाधिकारी सात र बिचौलियालगायत अन्य ३२ जनालाई आयोगले पक्राउ गरेको छ।

यस्तै आयोगले आव २०७५/७६ मा निर्णय भएका ३५१ एवं गत आवमा निर्णय भएका छ गरी जम्मा ३५७ मुद्दा विशेष अदालतमा दायर गरेको छ। विशेष अदालतमा दायर गरिएका मुद्दामध्ये ८८.५ प्रतिशतमा आयोगले सफलता हासिल गरेको छ। आव २०७४/७५ मा कूल १९४ मुद्दा दायर गरेकामा ६८ प्रतिशत मात्रै सफलता हासिल गरेको थियो। आयोगमा आव २०७५/७६ मा २४ हजार ४८ उजुरी परेको थियो। त्यसमा १५ हजार ६११ उजुरीको फछ्र्योट गरिएको छ। यस्तै विस्तृत अनुसन्धान भने ९२१ मा मात्रै गरिएको थियो।

यस्तै आव २०७४/७५ मा भने कूल १९ हजार ४८८ उजुरी परेकामा १२ हजार ४०० उजुरीको फछ्र्योट गरेको थियो। सो आवमा कूल ५०४ उजुरीको मात्रै विस्तृत अनुसन्धान गरेको थियो। सेवाग्राहीको भेषमा कर्मचारी परिचालन आयोगले सेवाग्राहीको बढी भीड हुने सरकारी निकायमा सेवाग्राहीकै भेषमा सुराकी परिचालन गरेको छ। आयोगको सोही रणनीतिले सफलता हासिल भएको आयोगले दाबी गरेको छ। सार्वजनिक विकास निर्माण जस्तै सेवाप्रवाहको क्षेत्रमा पनि सुधारका लागि सूक्ष्म निगरानी तथा द्रुत कारवाहीलाई अभियानात्मक रुपमा कर्मचारी परिचालन गरेको प्रवक्ता कोइरालाले जानकारी दिए।

निगरानीमा खटाइएका कर्मचारीबाट भ्रष्टाचारको सूचना पाइएमा तत्काल नै भ्रष्टाचारमा संलग्नलाई कारवाहीको दायरामा ल्याइएको छ। आयोगले ‘सूक्ष्म निगरानी तथा द्रुत कारवाहीसम्बन्धी कार्यविधि, २०७५’ तयार गरी सोही आधारमा सेवाग्राही बढी हुने स्थानमा परिचालन गरिएको जनाएको छ। विशेष गरी नापी, मालपोत कार्यालय, यातायात व्यवस्था विभाग, नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र, त्रिभुवन विश्वविद्यालय, जिल्ला प्रशासन कार्यालय तथा सेवाग्राहीको बढी उपस्थिति हुने स्थानीय तहमा समेत सेवाग्राहीको भेषमा कर्मचारी परिचालन गरेको छ। रासस





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सानिमाको विस्तारित काउन्टर बुढानिलकण्ठमा

सानिमाको विस्तारित काउन्टर बुढानिलकण्ठमा

सानिमा बैंक लिमिटेडले आफ्नो विस्तारित काउन्टर सुन्दरबस्ती बुढानिलकण्ठमा खोलेको छ । ...

सन नेपालको कार्यक्रम

सन नेपालको कार्यक्रम

सन नेपाल लाइफ इन्स्योरेन्सले बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तक्र्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

चेपाङ विद्यार्थीलाई न्यानो कपडा

चेपाङ विद्यार्थीलाई न्यानो कपडा

सिप्रदियन सहायता संस्थाले चेपाङ विद्यार्थीलाई न्यानो कपडा तथा अन्य सामग्री वितरण गरेको छ । ...

नेपाल टेलिकम र सडक विभागबीच सहकार्य

नेपाल टेलिकम र सडक विभागबीच सहकार्य

नेपाल टेलिकम र सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अघि बढ्ने समझदारी भएको छ । ...

सानिमा–मेडिसिटी सम्झौता

सानिमा–मेडिसिटी सम्झौता

सानिमा बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच स्वास्थ्य उपचार सुविधासम्बन्धी सम्झौता भएको छ । ...

नबिलको वार्षिक सभा सम्पन्न

नबिलको वार्षिक सभा सम्पन्न

नबिल बैंकको ३५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

मुक्तिनाथ–एनआइबिएल एस सहकार्य

मुक्तिनाथ–एनआइबिएल एस सहकार्य

मुक्तिनाथ विकास बैंक र एनआइबिएल एस क्यापिटलबीच एनआइबिएल सहभागिता फन्ड खरिद–बिक्री गर्नेसम्बन्धी सम्झौता भएको छ । ...

माछापुछ्रे ग्राहक सेवा केन्द्र सुरु

माछापुछ्रे ग्राहक सेवा केन्द्र सुरु

माछापुछ्रे बैंकले  ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad