तपाईंको आजको दिन कसरी बित्दैछ ? पढ्नुहोस् राशिफल

तपाईंको आजको दिन कसरी बित्दैछ ? पढ्नुहोस् राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

वृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । अचल सम्पत्ति हात पर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीतवर्गबाट विशेष सहयोगपनि मिल्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । बौद्धिक काममा सफलतापनि मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ ।

वृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्त्व पूर्ण अवसर गुम्न सक्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला, तर मनोरञ्जनमा सहभागी भइनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धार्मिक कार्य सफल नै रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

 

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मगल कार्यको योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । आतिथ्यपूर्ण सम्मान पाइएला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अधुरो काम पूरा होला । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावनापनि रहेको छ । - ज्यो.प. नारायणप्रसाद दुलाल