आजको दिन कसरी बित्दैछ ? पढ्नुहोस् राशिफल

आजको दिन कसरी बित्दैछ ? पढ्नुहोस् राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनर र अधुरा कार्य पूरा हुनसक्छ । रमाइलो यात्राको योग रहेको छ ।

वृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्याले सताउन सक्छ । सरकारी निकाएको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । काममा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मंगल र शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

वृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफन्त वा इष्टमित्रसंग पुनर्मिलनको योग रहेको छ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्तिपनि हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धर्म, कर्ममा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । कसैलाई सन्तान लाभ हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योगपनि छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सिर्जना हुनसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्रपनि कमजोर रहला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण होला । शुभकार्यको चर्चा चल्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल